Logo

मुख्य समाचार

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच पार्टी एकता



काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबिच पार्टी एकता घोषणा भएको छ ।

राष्ट्रिय सभा गृहमा मंगलबार आयोजित कार्यक्रममार्फत पार्टी एकता घोषणा गरिएको हो ।

सो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा सावित हुने दाबी गरे ।

यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको  राप्रपालाई पनि पार्टी विचार स्थापनाका लागि सडकमा आउन आह्वान गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ३६ बजे