Logo

Breaking News 1

कोशी सरकार नेतृत्वको दावी गर्ने आज अन्तिम दिन


१६ श्रावण २०८०, मंगलबार  

69
Shares

बिराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने आज अन्तिम दिन हो ।

सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अबैधानिक करार गरिदिए पछि पुनः आब्हान भए अनुसार आज समयसिमा सकिदैँछ ।

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो ।

यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । जसअनुसार आज नयाँ सरकारका लागि दाबी पेश गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवाश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ४० बजे