Logo

मुख्य समाचार

सामाजिक सञ्जालमा जथाभावी लेख्नेको पार्टी सदस्यता खारेज गर्ने कांग्रेसको निर्णय



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस अशोभनीय क्रियाकलाप देखाउने नेता कार्यकर्ताको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

साउन २ गतेदेखि बुधबारसम्म बसेको केन्द्रीय समिति बैठकले पार्टी र नेतृत्वको विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री शेयर गर्ने कार्यकर्ता, तथा आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्य खारेज गर्ने निर्णय गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक संजालमा पार्टी र नेतृत्वको विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री शेयर गर्ने नेता कार्यकर्तालाई पदमुक्त हुनेगरी कारबाहीमा पर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ०० बजे