Logo

Breaking News 1

देभका ६९ जिल्लामा फैलियो डेंगी, कोशी प्रदेशमा सबैभन्दा धेरै संक्रमित



काठमाडौं । मुलुकका ६९ जिल्लामा डेंगी फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ हजार २८९ जना डेंगीबाट संक्रमित भइसकेका छन् ।

डेंगीका कारण ३ जनाको मृत्यु भएको र मृत्यु हने सबै सुनसरी जिल्लाका छन् । मन्त्रालयका अनुसार डेंगी संक्रमित सबैभन्दा धेरै कोशी प्रदेशमा २ हजार ७५४ जना संक्रमित छन् । त्यसमा पनि सुनसरीमा मात्रै २ हजार ५४२ जना संक्रमित भएका छन् ।

बाग्मती प्रदेशमा ६६७, गण्डकी प्रदेशमा ३४४ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ र कर्णाली प्रदेशमा २० जना संक्रमित भएको तथ्याङ्क छ ।

यसअघि सन् २०१९ मा ६८ जिल्लामा फैलिएको डेंगीको प्रकोपले १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ११ : ३२ बजे