Logo

Breaking News 1

महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको भवन (फाेटाेफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवनमा  बुधबार डोजर चलाएको हो ।

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : २१ बजे