काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिददर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसा कायम गरिएकाे छ ।
हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा रबिक्री दर १४७ रूपैयाँ ८० पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ६९ पैसा र बिक्री दर १७२ रूपैयाँ ४८ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२४ रुपैयाँ र बिक्री दर ८९.६४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा कायम गरिदिएकाे छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा तथा दक्षिण काेरीया वन १०० को खरिदमा १० रूपैयाँ ३९ पैसा र बिक्रीदर १० रूपैयाँ ४३ पैसामा खरिदबिक्री हुनेछ ।
साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ तथा बिक्री दर ३५.६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ र बिक्री दर २८.९६ रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ ।
प्रतिक्रिया