काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।
मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ । बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो ।
महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।
प्रतिक्रिया