काठमाडौँ । नेपाल भारत ‘ए’सँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे ।
इमर्जिङ एसिया कपअन्तर्गत भारत ‘ए’विरुद्ध पहिला ब्याटिङ गरेको नेपालले ३९ दशमलव दुई ओभरमा १६७ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेल्दै सर्वाधिक ६५ रन बनाए ।
प्रतिक्रिया