Logo

मुख्य समाचार

अध्यागमन विभाग र वैदेशिक रोजगार विभागविच आरोप प्रत्यारोप



काठमाडौं । कुवेत जान लागेका १५६ जना नेपालीलाई विमानस्थलबाट फर्काएपछि दुई सरकार निकायका बिचमा विवाद शुरु भएको छ ।

अध्यागमन विभागले कुवेत जान विमानस्थल पुगेका १५६ यात्रुलाई विमानस्थलबाटै फर्काएपछि वैदेशिक रोजगार विभागले अध्यागमन विभागको कार्यशैलीमाथि प्रश्न उठाएको छ । विज्ञप्ती जारी गर्दै अन्तिम श्रमस्वीकृति दिएर विदेश जान विमानस्थल पुगेका यात्रुलाई फर्काउनु गलत रहेको विभागको भनाई छ ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने अधिकार आफ्नो रहेको र त्यसरी अनुमति लिएका यात्रुलाई विमानस्थलबाट फर्काउनु कानूनविपरित रहेको भन्दै विमानस्थलबाट यात्रु फर्काउनेहरुलाई कारबाही गर्न समेत माग गरेको छ ।

No description available.

No description available.

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ०४ बजे