काठमाडौं । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा तीन जना सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा आइतबार तीन जना सदस्य थप गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
लमजुङका सन्तोष न्यौपाने, कञ्चनपुरका अशोक शर्मा र रौतहटका सुमन गौतम प्रचार विभाग सदस्य भएका हुन् । सभापति देउवाले गत जेठ १२ गते विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएका थिए। यसअघि गत जेठ ३० गते प्रचार विभागमा ३९ जना सदस्य मनोनीत भएका थिए।
प्रतिक्रिया