काठमाडौं । भारतको बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
शुक्रबार परेको चट्याङसहितको भारी बर्षाका कारण विहारका धेरै भाग प्रभावित समेत भएको भारतीय सरकारी सञ्चार संस्थाले जनाएका छन् । भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया