Logo

Breaking News 1

एमालेको बहिस्कारबिच सुदुरपश्चिम प्रदेश सरकारको बजेट पारित



काठमाडौं । नेकपा एमालेले बैठक बहिस्कार गरेपनि सुदुरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

शनिबार अबेरसम्म बसेको बैठकले बजेट पारित गरेको हो । नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको थियो ।

यसअघि नेकपा माओवादी केन्द्रले समेत बजेट संशोधन नभए पारित गर्न सहयोग नगर्ने चेतावनी दिएको थियो । तर शनिबार दिउँसो सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट ५ करोड रुपैयाँ पुर्‍याउने सहमति जुटाएको थियो ।

सहमतिपछि सत्तारुढ दलहरु बजेट पारित गर्न तयार भएका थिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ४८ बजे