काठमाडौं । सरकारमा भनेजस्तो मन्त्रालय नपाएको भन्दै बाहिरिएको जनमत पार्टी फेरी सरकारमा सहभागी हुने भएको छ ।
जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गर्दै अनितादेवी शाहलाई मन्त्री बनाउने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराइसकेको छ । सरकारमा सहभागी हुनका लागि शाहलाई सिफारिस गरेको भएपनि मन्त्रालयको टुङ्गो भने लागेको छैन ।
अहिलेसम्म प्रधानमन्त्री दाहालले सरकार गठन भएपछि एघारौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । अघिल्लो वर्षको पुस ११ गते प्रधानमन्त्री नियुक्त दाहालले ६ महिनामा गत जेठ ९ गते २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।
प्रतिक्रिया