काठमाडौं । नेपालमा रासायानिक मल कारखाना स्थापनाका अध्ययनका लागि जर्मन कम्पनीसँग सम्झौता भएको छ ।
लगानी बोर्ड, नेपालले जर्मनी कम्पनी डाएग इन्डस्ट्रिज जीएमबीएच, जर्मनीसँग नेपालमा रासायानिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाएग कम्पनीका प्रबन्ध निर्देशक बेन्जामिन बेकेरले हस्ताक्षर गरे ।
समझदारीअनुसार कम्पनीले २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदन बोर्डमा बुझाउनुपर्नेछ । नेचुरल ग्यास, इलेक्ट्रोसिस वा हाइब्रिड प्रविधिमध्ये उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन लागि ७१ करोड ४० लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको बोर्डले जानकारी दिएको छ ।
प्रतिक्रिया