Logo

मुख्य समाचार

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयो



काठमाडौं । सोलुखुम्बुमा मंगलबार बिहान भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।

मृतको शव त्रिवि शिक्षण अस्पतालमा ल्याएर पोष्टमार्टम गर्न थालिएको हो ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लाम्जुरापासमा भएको मनाङ हेलिकप्टर दुर्घटनामा सिनियर पाइलट चेतबहादुर गुरुङ र पाँचजना मेक्सिकन पर्यटकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : २६ बजे