Logo

धर्म / संस्कृति

तपाईंकाे आजकाे राशिफल हेर्नुभयाे ?



आज मिति २०८० असार २६ गते, मंगलबार, ११ जुलाई २०२३। शुद्ध श्रावण कृष्णपक्ष नवमी तिथि। अश्विनी नक्षत्र। चन्द्राशि– मेष।

मेष राशि

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

बृष राशि

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

मिथुन राशि

सुरुमा रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन्।

कर्कट राशि

विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

सिंह राशि

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

कन्या राशि

अस्वस्थताले कमजोर अनुभूति हुनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

तुला राशि

काममा अरूको मुख ताक्नाले पछि परिनेछ। आँटले काम लिन नसकिएला। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ।

बृश्चिक राशि

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

धनु राशि

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ला।

मकर राशि

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

कुम्भ राशि

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।

मीन राशि

आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : ५१ बजे