Logo

Breaking News 1

प्रधानमन्त्रीको राजीनामा मागेको एमाले कसरी पछि हट्यो ?



काठमाडौं । प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आइरहेको नेकपा एमालेले अन्ततः प्रधानमन्त्रीको स्पष्टिकरणमै चित्त बुझायो ।

प्रधानमन्त्रीको अभिव्यक्तीपछि राजीनामालाई बटमलाइन बनाएको एमालेले के कारणले स्पष्टिकरणमै चित्त बुझायो भन्ने चाँहि स्पष्ट भइसकेको छैन । यसअघि प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तीमा सरकारले शुरु गरेका भ्रष्टाचार नियन्त्रणको प्रयासलाई विफल बनाउन एमाले लागेको आरोप लगाइएको एमालेका नेताहरुले बताएका थिए ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालका बिचमा छलफल भएर संसदको अवरोध हटाउने सहमति भएपनि अन्तिममा एमाले सहमतिबाट पछि हटेको भन्दै संसद बैठक स्थगित गरिएको थियो ।

सोमबार फेरी तीन नेताहरुका बिचमा भएको छलफलले संसदको गतिरोध अन्त्य गरेको हो । सोमबार अध्यक्ष ओली र प्रधानमन्त्री दाहालका बिचमा एक्लाएक्लै समेत छलफल भएको बताइएको छ । यसपछि एमाले राजीनामाको मागबाट पछि हटेको हो ।

यता, स्पष्टिकरण दिने क्रममा प्रधानमन्त्री दाहालले विपक्षी दलहरुले मागेकै भरमा राजीनामा नदिने तर अन्तरआत्माले भन्यो भने चाँहि एक मिनेटमै राजीनामा दिने बताएका छन् । उनले सरकारको नेतृत्व कहिलेसम्म गर्ने टुङ्गो नभएको समेत बताएका छन् । जबकि सत्तारुढ दलका बिचमा भएको सहमतिअनुसार प्रधानमन्त्री दाहालले साढे २ वर्ष सरकारको नेतृत्व गर्नेछन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ११ : १४ बजे