Logo

मुख्य समाचार

रविले भने– मिटरव्याजसम्बन्धी अध्यादेश हाम्रा कारणले निश्क्रिय भएको होइन



काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका कारण मिटरव्याजसम्बन्धी अध्यादेश निश्क्रिय नबनेको दाबी गरेका छन् ।

पार्टीको प्रदेश समितिले रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा उनले सरकार आफैले अन्तिम समयमा अध्यादेश संसदमा ल्याएका कारण निश्क्रिय बनेको बताए ।

‘जुन दिन पास नभए त्यो जिरोमा जान्छ, त्यही दिन लगेर सरकारले गर्न खोजेको के हो ? यसमा प्रश्न खडा हुन सक्छ’ उनले भने, ‘६० दिनको समयसीमा भएको यो विषयलाई सरकारले अन्तिम दिन, कुनै पनि विषय आउन सक्छ, कुनै दलले अवरुद्ध गराइदिन सक्छ, कुनै विपत्ति आउन सक्छ, तर त्यस्तो महत्वपूर्ण कुरा अन्तिम दिन लगेर सरकार आफैंले ।’

लामिछानेले सत्तारुढ दलका कयौं नेता र उनका आफन्त मिटरब्याजमा संलग्न भएको आशंका भइरहेका बेला सरकारले नै अन्तिम दिन विधेयक ल्याएर पारित नगर्ने जाल रचेको हुन सक्ने आशंका गरे ।

लमिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिबारे संसदमा जवाफ माग्ने बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : १८ बजे