Logo

Breaking News 1

तस्विरमा सभामुखसहित ठुला ३ दलका नेताहरुको बैठक



काठमाडौं । सभामुख देवराज घिमिरेसहितको शीर्षनेताहरूको बैठक सिंहदरबार सुरु भएको छ ।

सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी भएका छन् ।

सभामुख घिमिरेको आह्वानमा बसेको बैठकमा सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई बोलाएका हुन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : ४५ बजे