हुम्ला । हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नं. २ मा कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा संचालन गर्दा अनियमितता भएको भन्ने उजुरी निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकाे छ ।
यस सम्बन्धमा अनुसन्धान हुँदा कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुखचन्द्र भुषण झा र तत्कालीन सव-इन्जिनियर भिम बहादुर रोकायले आ.व. २०७६/७७ मा कृषि विकास कार्यालय, हुम्ला मार्फत व्यवसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाई गलतनापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिल प्रमाणित गरी सोहीबमोजिम झुट्टा बिल भरपाई बनाई फिल्डमा गर्दै नगरिएको कामको समेत भुक्तानी दिई रु.४,३८,५५७।८२ बराबरको हानिनोक्सानी पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जानकारी प्रााप्त भएकाे छ ।
प्रतिक्रिया