Logo

Breaking News 1

राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक पर्दैन : सांसद पन्त



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नभएको बताएका छन्। प्रतिनिधिसभामा बसेको बैठकमा बोल्दै उनले राष्ट्रपति र उपराष्ट्रपतिले सल्लाहकार राखेर जनताले तिरेको करको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘हाम्रोमा राष्ट्रपतिलाई सुरुदेखि नै सल्लाहकार दिँदै आयौँ। भारतमा १५ जना राष्ट्रपति भए तर अहिलेसम्म सल्लाहकार राखेको छैन। अहिले राष्ट्रपति र उपराष्ट्रपतिसँग सम्बन्धित कानुन हेर्दा राष्ट्रपतिका ७ जना उपराष्ट्रपतिका लागि ५ जना सल्लाहका राख्ने प्रावधान भनेको छ।’

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ११ : ४४ बजे