काठमाडाैं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता लिलाराज लामिछाने अनुसार पाँच जनाकाे ज्यान गएकाे हाे ।
मृतकको पहिचान हुन बाँकी छ । तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको हाे । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको प्रवक्ता लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया