Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : अख्तियार र सम्पत्ती शुद्धीकरणले शुरु गरे अनुसन्धान



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान शुरु गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकै बखत दुबै निकायलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । त्यसैअनुसार विभाग र आयोगले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाउने आश्वासन दिएर रकम संकलन गरेको र सार्वजनिक सेवामा रहेर आर्जन गरेको अकुत सम्पत्तिका विषयमा आयोग र विभागले अनुसन्धान शुरु गरेका हुन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : १४ बजे