Logo

अर्थ

रिपोमार्फत १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले रिर्भस रिपोमार्फत १० अर्ब रुपैयाँ खिच्ने भएको छ । भोलि बिहिबार रिर्भस रिपो जारी गरी उक्त परिमाणमा रकम खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

रिर्भस रिपो खरिदको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही असार सात गते अर्थात बिहीबार अपरान्ह तीन बजेसम्म बोलकवोल पेस गर्नुपर्ने छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने उक्त रिपोको परिपक्व हुने अवधि भने सात दिन अर्थात यही असार १४ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गरेको छ । भोलि बिक्री हुने रिपो सोही प्रकृतिको भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : २७ बजे