काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने गिरोहमा संलग्न रहेका आरोपमा पक्राउ परेका १६ जना अभियुक्त पूर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलाशले सबै प्रतिवादीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । अदालतको आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र सरकारका सचिव टेकनारायण पाण्डेसहितका १६ जना आरोपी जेल चलान भएका हुन् ।
टंक गुरुङ र लक्ष्मी महर्जन दुईजना भने धरौटीमा रिहा भएका छन्। टंक गुरुङलाई १० लाख रुपैयाँ र महर्जनलाई ५ लाख धरौटीमा रिहा गरिएको हो।
उनीहरुविरुद्ध ठगी, लिखत किर्ते र राज्यविरुद्ध र संगठित अपराध सम्वन्धी कसुरमा अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । दुईजनालाई भने धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
प्रतिक्रिया