Logo

Breaking News 1

सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायधिस कार्की, प्रश्नोत्तर जारी



काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी छ । सो समितिमा कार्कीविरुद्ध परेका उजुरी तथा गत बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा सांसदहरुले प्रश्न सोध्ने क्रम जारी रहेको हो ।

संसद सचिवालयका कर्मचारीका अबरोधका कारण आधा घन्टा पछि सुरु भएको बैठकमा कार्कीसँग प्रश्न सोध्ने क्रम सकिएपछि उनले जवाफ दिने समितिले जनाएको छ । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : ०७ बजे