काठमाडौँ । बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अनलाइन बेटिङ प्लाटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।
पक्राउ परेकाहरूमाथि जुवा ऐन र राष्ट्र बैंक ऐनअनुसार मुद्दा अघि बढाउने प्रहरीको तयारी छ । मुलुकी अपराध संहिताअनुसार जुवा खेल्न वा सट्टेबाजीमा संलग्नलाई पहिलोपटकका लागि तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रतिक्रिया