Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो



काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ । यससँगै सूचक २०२०.१५ विन्दुमा अढिएको छ ।

७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ११ : २८ बजे