Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहश लम्बियो, अझै ४५ जना वकिलको बहश बाँकी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहश लम्बिएको छ ।

अभियुक्तहरुका कानून व्यवसायी धेरै भएका कारण बहश लम्बिएको हो । यसअघि सरकारी वकिलका लागि निर्धारण गरिएको समयभित्रै बहश सकिएको भएपनि प्रतिवादीहरुका वकिलले धेरै समय लिएपछि बहश नै लम्बिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशमा मंगलबार बहश सक्ने तयारी भएपनि पूवृगृहमन्त्री बालकृष्ण खाँणका अधिवक्ताहरुले लामो बहश गरेपछि बुधबार समेत खाँणकै वकिलका लागि समय निर्धारण गरिएको छ ।

यसअघि बिहिबारसम्म सबै बहश सक्न न्यायाधीशले समय दिएका थिए । तर मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट मङ्गलवार १० जना वकिलहरूले बहस गरेका छन् ।

अठार आरोपितका तर्फबाट ११० जना वकिलले बहस गर्न नाम टिपाएकोमा मङ्गलवारसम्म ६५ जनाले मात्र बहस सकेका छन् । अझै पाँच जना प्रतिवादीका वकिलहरूले बहस गर्न बाँकी छ ।

आरोपितका वकिलहरुले बहश सकाएपछि सरकारी वकिलका लागि जवाफी बहशका लागि समय दिइनेछ । यसले यो प्रकरणको थुनछेक बहशले अझै केही समय लिने देखिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ९ : ५२ बजे