Logo

Breaking News 1

शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीका छोरा सन्दीपको तर्फबाट बहस सकियाे



काठमाडाैं । नक्कली शरणार्थी प्रकरणको मुद्दाको थुनछेकका क्रममा आइतबार टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको तर्फबाट बहस सकिएको छ ।

आजै अर्का अभियुक्त टेकनारायण पाण्डेको तर्फबाट कानुन व्यवसायीहरूले बहस थाले पनि सकिएन । भोलि पुनः पाण्डेका कानुन व्यवसायीले बहसलाई निरन्तरता दिने छन् ।

गत आइतबारबाट यस प्रकरणमा थुनछेक बहस भइरहेको छ । गत मंगलबारसम्म सरकारी वकिलको तर्फबाट आठजनाले बहस गरेका थिए । बुधबारबाट अभियुक्तहरूको तर्फबाट बहस सुरु भएको हो । हालसम्म जम्मा ९ अभियुक्तको तर्फबाट बहस सकिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : ५२ बजे