Logo

Breaking News 1

नेप्सेमा सिटी होटलको सेयर कारोबार सुरु



काठमाडौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटल लिमिटेडको सेयर कारोबार सुरु भएको छ । आइतबार स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता १११.१० रुपैयाँ दरले यसको पहिलो कारोबार भएको हो ।

अब सोही भाउलाई आधार मानेर सिटी होटलको नियमित सेयर कारोबार हुनेछ । यस कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर बिहीबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६२ रुपैयाँ ४९ पैसासम्म तोकेको थियो ।

सोही रेन्जको न्यूनतम विन्दु नजिकबाट सेयर कारोबार खुला भएको हो ।  ‘सीआइटीवाइ’ संकेतमा यस कम्पनीको सेयर कारोबार सुरु भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १२ : ५५ बजे