Logo

खेलकुद

पहिलो अभ्यास खेलमा नेपाल पराजित



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको छ ।

आईसीसी विश्वकप छनोटअघि अन्तिम तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल पराजित भएको हो ।

नेपालले दिएको १३६ रनको लक्ष्य स्कटल्याण्डले २९ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमै १३५ रनमा अलआउट भयो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए । नेपाली टोलीले दोस्रो अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १० : ०६ बजे