Logo

मुख्य समाचार

कृषिविज्ञ राईविरुद्ध मुद्दा दर्ता, ३ वर्ष जेल सजायको माग



काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगसहित कृषिविज्ञ मदन राईविरुद्ध सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ।

राईविरूद्ध सरकारी वकिल कार्यालय खोटाङले आइतबार मुद्दा दायर गरेको हो । अदालतमा सोमबारै थुनछेक बहश शुरु हुने बताइएको छ । बाल यौन दुर्व्यवहार कसुरमा अदालतमा मुद्दा दायर भएसँगै राईलाई ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : २४ बजे