Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहश शुरु



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहश शुरु भएको छ ।

अदालतमा अभियुक्तहरुको वयान सकिएपछि थुनछेक बहश शुरु भएको हो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस शुरु भएको हो ।

थुनछेक बहशका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझी अदालतमा उपस्थित भएका छन् । थुनछेक बहशपछि उनीहरुलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ ।

प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ जना पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने भएका छन्।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : ०६ बजे