Logo

Breaking News 1

नेपालमा ८२ प्रतिशत हिन्दु, बौद्ध धर्मावलम्बीको संख्या घट्यो


१९ जेष्ठ २०८०, शुक्रबार  

0
Shares

काठमाडौँ । नेपालमा झण्डै ८२ प्रतिशत मानिसहरुले हिन्दुधर्म मान्ने गरेको देखिएको छ ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को जाति र धर्मसम्बन्धी तथ्यांकअनुसार बौद्ध धर्म मान्नेको संख्या थोरै घटेको भएपनि हिन्दु धर्मावलम्बीहरुको संख्या भने करिब यथावत रहेको हो ।

नेपालमा २०६८ को जनगणनाअनुसार बौद्ध ९ प्रतिशत थिए । अहिले थोरै घटेर ८ दशमलव २१ प्रतिशत पुगेको पाइएको छ । तथ्याङ्कअनुसार ८१ दशमलव १९ प्रतिशत हिन्दू रहेको पाइएको छ ।

यसैगरी ५ दशमलव ९ प्रतिशतले इस्लाम, ३ दशमलव १७ प्रतिशतले किराँत र १ दशमलव ७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : ५३ बजे