Logo

मुख्य समाचार

प्रधानमन्त्री दाहालको सम्मानमा इन्दौरमा रात्रीभोज


१९ जेष्ठ २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानले प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । मुख्यमन्त्री चौहानले शुक्रबार साँझ इन्दोरमा रात्रिभोजको आयोजना गरेका हुन् ।

रात्रिभोजमा प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबारै इन्दोर पुगेका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : ४४ बजे