Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा वयान सकियो, आइतबारदेखि थुनछेक बहश हुने


१९ जेष्ठ २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको वयान सकिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको हो ।

अन्य अभियुक्तहरुको वयान भने यसअघि नै सकिएको हो । शुक्रबार बिहान ११ बजेटबाट खाँणको वयान लिन शुरु गरिएको र बेलुका मात्रै सकिएको अदालतले जनाएको छ । वयानका क्रममा खाँणले इन्कारी वयान दिएका छन् ।

पक्राउ परेका १८ जनाको वयान सकिएसँगै अब आइतबारबाट थुनछेक बहश शुरु हुनेछ । थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पूर्पक्षका क्रममा कारागार पठाउने टुंगो लाग्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : १० बजे