Logo

मुख्य समाचार

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन


१९ जेष्ठ २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उनले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

उनले १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एकसाताभित्र १० प्रतिशत शय्या उलपब्ध नगराउने अस्पताललाई कारबाही गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : ०५ बजे