Logo

मुख्य समाचार

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो


१९ जेष्ठ २०८०, शुक्रबार  

138
Shares

नयाँ दिल्ली। भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

विशेष विमानमार्फत प्रधानमन्त्री इन्दौर प्रस्थान गरिसकेका छन् । इन्दौरमा उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ भने साजसज्जा गरिएको छ ।

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन् । सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ११ : ५१ बजे