Logo

मधेश प्रदेश

गर्मी बढेपछि वीरगञ्जका विद्यालय ८ दिन बन्द हुने



काठमाडौं । गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकामा रहेका शिक्षण संस्थाहरू शुक्रबारदेखि ८ दिनका लागि बन्द हुने भएका छन् ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रभाव परिरहेको भन्दै महानगरले २६ गतेसम्म बालविकास देखि कक्षा १२ सम्मको विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी वर्षे विदामा कट्टा हुनेगरी ८ दिनका लागि सबै विद्यालयहरू बन्द गर्ने निर्णय महानगरले गरेको हो ।

पर्सा, बारालगायतका जिल्लामा पछिल्लो एक सातायता तापक्रम बढेर अधिकतम ४० देखि ४३ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १० : ०३ बजे