Logo

मुख्य समाचार

डेमोक्रेटिक इन्जिनियर्स नेपालको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित



काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् ।

सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार भएको निर्वाचनको सम्पन्न मतगणनामा इन्जिनियर चेतनाथ पाण्डेलाई पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।

अध्यक्ष केसीले एक हजार छ सय १९ मत र पाण्डेले एक हजार ६२ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दीप वाग्ले, नवीन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाईं, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी विजयी भएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ६ : ५३ बजे