Logo

मुख्य समाचार

अमेरिकाको प्रतिवेदनबारे नेपालले पठायो कुटनीतिक नोट



काठमाडौँ । नेपालले अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वार्षिक प्रतिवेदनमा धारणा माग गर्दै ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकालाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धमा कूटनीतिक नोट पठाइएको हो ।

यसअघि प्रतिनिधिसभाको शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै प्रतिवेदन के हो ? भन्नेबारेमा नोट पठाएको बताएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको धार्मिक स्वतन्त्रासम्बन्धी प्रतिवेदनमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले राजनीतिक दलका प्रभावशाली नेताहरूलाई हिन्दु राष्ट्रको पक्षमा बोल्न पैसा दिने गरेको दाबी गरिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ४० बजे