Logo

खेलकुद

शहीद स्मारक लिग फुटबल : आजका दुबै खेल रंगशालामा


१२ जेष्ठ २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बिचमा हुनेछ । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ । उता, रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि स्टार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ८ : ११ बजे