Logo

मुख्य समाचार

बाख्मत सहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा



मस्को । रुस–युक्रेन युद्धमा रुसको नीजि सैनिकका २० हजार सेना मारिएको खुल्न आएको छ । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत सहर कब्जा गर्ने क्रममा  भएको लडाईमा २० हजार सैनिक मारिएका हुन् ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफना समूहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो । प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन् ।

पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सुचना आएकोसमेत उनले जनाएका छन् । जसकाकारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रामणको प्रतिकारका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहनु पर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ ।

मस्कोले भने बाख्मत शहर कब्जा गर्ने प्रयाससमा आफना ६ हजार सैनिक मात्रै मारिएको दाबी गरिरहेको बेला नीजि सेनाका प्रमुखले भने उसको दाबी भन्दा १४ हजार भन्दा बढी सैनिक मारिएको जनाएको हो । निजी सैनिक समूह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान युद्ध विश्लेषकहरुले गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : १७ बजे