Logo

अर्थ

नेप्से आज बिहीबार बन्द हुने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६।४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।


प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ८ : ४५ बजे