Logo

मुख्य समाचार

आजको मौसम : पाँचवटा प्रदेशमा मेघगर्जनसहित वर्षा हुने



काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

राति भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ७ : १३ बजे