Logo

मुख्य समाचार

उखु किसानको अनुदान अपचलन नगरेको महालक्ष्मी सुगर मिलको दाबी



काठमाडौं । सर्लाहीको महालक्ष्मी सुगर मिलले किसानले सरकारबाट पाउनु पर्ने अनुदान अपचलन गरेको भन्ने उखु किसानहरूले लगाएको आरोपको खण्डन गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी आरोपको खण्डन गर्दै मिलविरूद्ध माइतीघरमा जारी आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । किसानले पाउनु पर्ने अनुदान मिलले नबुझेको दाबी गर्दै किसानले पाउनु पर्ने २५ रुपैयाँ प्रतिक्विन्टल सरकारले दिने अनुदान जिल्ला प्रशासन हुँदै कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सोझै किसानको बैंक खातामा जम्मा हुने रकम भएको बताएको छ ।

मिलले उखु किसानलाई बक्यौता दिन बाँकी नरहेको दाबी गर्दै उल्टै किसानलाई दिएको मल, बिउ खादको करिब ४ करोड रूपैयाँ पाउन बाँकी रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : २५ बजे