Logo

Breaking News 1

टोपबहादुर रायमाझी लुकाउने को हुन् पौडेल ?



काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाका प्रमुख मध्येका टोपबहादुर रायमाझी नेकपा एमालेका चुनाव जितेका वहालवाला संसद तथा पटक पटक मन्त्री र नेपाल सरकारका उप प्रधानमन्त्री भैसकेका व्यक्ति हुन् । भुटानी शरणार्थी मुद्दामा ११ दिन प्रहरीको फरार सूचीमा रहेका उनी वैशाख ३१ गते काठमाडौंको पासीकोटबाट प्रक्राउ परे पछी हाल उनी अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका छन् । पासीकोटबाट प्रक्राउ परेका उनी कस्को घरमा लुकेका थिए अहिले सबैको चासो र चर्चाको विषय बनेको छ । रायमाझी लुकाउने घरका मालिका हुन्, टोपबहादुरका व्यापारिक पार्टनर नारायण प्रसाद पौडेल ।

पौडेल जो चावहिल स्थित कैलाशकुट बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदमा कार्यरत रहेका छन्। पौडेलको पछ्ल्लो गतिविधी हेर्दा उनको दम्भ र अहंकारले सीमा नाघेको उनकै निकट रहेर काम गर्ने बताउछन् । सामुदायिक क्याम्पसको प्रमुक पदमा बसेको व्यक्तिको आचरण हेर्दा उनी क्याम्पस प्रमुखभन्दा पनि ठुलो व्यापारि जस्तो शान उनीमा देखिदै आएको थियो । छोटो समयमानै ठुलो रकम व्यवसायीक क्षेत्रमा लगानी गरी विभिन्न होटलका मालिक बन्न सफल उनको लगानीको श्रोत कहाँ र कसरी जुट्यो त्यो निकै शंकाको घेरामा रहेको छ . जुन कुरा यतिखेर निकै खोजीको विषय पनि बनेको छ ।

नारायण पौडेल टोपबहादुर रायमाझीसंग अत्यन्त निकट सम्बन्ध मध्येका एक हुन् ।  उनी मन्त्री हुँदा होस् या अन्य बेलामा समेत उनी रायमाझीसँगै रहने गरेका थिए । कलेज प्रमुख पदलाई देखाएर अन्य धन्दामा समेत माहिर खेलाडी भएको उनी निकट बताउछन ।  रायमाझीको व्यापारिक पार्टनरका रुपमा रहेका पौडेलले हाल काठमाडौं गौसालास्थित पिंगालास्थानमा रहेको  रामेश्वरम होटल, स्यम्भु रहेकोमा द च्वाइस होटल, सोल्टी मोडमा रहेको महावीर होटलमा पौडेलको लगानी रहेको छ ।

रायमाझीको साथ र भरोसामा संचालित यी होटलमा पौडेल र रायामाझीको संयुक्त लगानी रहेको बुझिन आएको छ । त्यसैले आफ्ना व्यापारिक पार्टनरलाई उनले तेतिका दिनसम्म लुकाएर राखेको हुन सक्ने भएकाले त्यो विषय प्रहरीको अनुसन्धान मै रहेको छ । किनकी हाल रायमाझी शरणार्थी केसमा प्रहरी हिरासतमा अनुसन्धानको दायरामा रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले पौडेललाई दियो चेतावनी  !

राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को बोर्ड परीक्षामा अमर्यादित र गैर-आचरण व्यवहार गरेको आधारमा उनलाई सचेत हुन् चेतावनी दिएको छ । कैलाशकुट बहुमुखी क्याम्पसको केन्द्राध्यक्षका रुपमा उनले परीक्षा संचालन गर्दै आएका थिए। परीक्षालाई मर्यादित र व्यवस्थित ढङ्गले संचालन नगरेका कारण उनलाई सो चेतावनी दिइएको हो । यसअघि पनि परिक्षा संचालन गर्दा उनले विभिन्न किसिमको साठगाठ र सेटिंगमा परिक्षा चलाउदै आएका थिए। परीक्षा गार्डमा उनले श्रीमती, छोरी, भान्जा-भान्जी र अन्य आफन्त को सहयोगमा परिक्षामा मनमौजीगर्दै आएका थिए। जसबाट आफ्नो सेटिंग अनुसारको परीक्षा संचालन गर्न सजिलो होस भन्ने कुरामा उनको चतुर्याइँ थियो ।

त्रिभुवन विश्वविधालयको परीक्षा होस् या बोर्ड परिक्षा होस् जुन सुकै परिक्षामा पनि उनको रवैया यस्तै भएको कैलाशकुट बहुमुखी क्याम्पसका कर्मचारी बताउछन। जुन विषयमा क्याम्पस व्यवस्थापन समिति र स्ववियुले समेत पौडेललाई पटक पटक चेतावनी दिदै आएको थियो। तर राजनीतिक प्रभाव र पहुँचका कारण ती विषयलाई पौडेलले वेवास्ता गर्दै आएका थिए । उनको दादागिरी र दम्भले सीमा नाघेको कुरा पार्टी कार्यकर्ताले समेत भन्न थालेका छन् ।

यता राष्ट्रिय परीक्षा बोर्डले चेतावनीको पत्र काटेपछी स्ववियुले एक विज्ञप्ती जारी गर्दै पौडेलको राजिनामा माग गरेको छ। ‘क्याम्पस प्रमुखका कारण कलेजको वदनाम भएको छ, जुन विषयलाई स्ववियुले गम्भीर रुपमा लिएको कैलाशकुट बहुमुखी क्याम्पसका स्ववियु सभापती मुरारी गौतम बताउछन’। अहिलेको सहज निकास भनेको क्याम्पस प्रमुखको राजिनामा नै हो , होइन भने यसको सम्पूर्ण दोषको जिम्मा उनले लिनुपर्ने चेतावनी दिदै गौतम भन्छन, जुन पौडेलको लागि महँगो पर्न सक्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ७ : २१ बजे