Logo

Breaking News 1

नीति तथा कार्यक्रम पुर्नलेखन गर्न एमाले अध्यक्ष ओलीको माग



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा देशले सामना गरिरहेको समस्या प्रस्तुत गर्न नसकेको बताएका छन् ।

ुनीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भन्ने गरेको क्रमभंगता नीति तथा कार्यक्रमले पूरा नगर्ने समेत बताए ।

ओलीले आर्थिक वृद्धिदर ८ प्रतिशत लक्ष्य राखे पनि २ प्रतिशत पनि नपुग्ने अवस्था भएको बताए । उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले देशको विद्यमान समस्या समाधान गर्न नसक्ने भन्दै फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका छन् । अहिलेको नीति तथा कार्यक्रममा समस्या समाधान गर्ने इच्छाशक्ति नभएको उनको भनाई छ ।

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको आरोप लगाउँदै कसैलाई फसाउन वा कसैको पद रिक्त गराउनका लागि सरकार लागिपरेको समेत बताए । उनले बयान र छानबिन प्रकरणलाई नजिकबाट एमालेले हेरिरहेको पनि बताएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ५ : १४ बजे