Logo

खेलकुद

प्रिमियम लिगकाे उपाधीमा म्यानचेस्टर सिटीको ह्याट्रिक



काठमाडौं । जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले तीन खेलअगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ ।

शनिबार राती भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १–० ले पारजित भए पछि सिटी तीन खेल अगावै च्याम्पियन बन्न पुगेको हो । आर्सनलको पराजयले सिटीलाई लिगको उपाधिका ह्याट्रिक गर्ने अवसर जुटेको हो ।

लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लबसमेत बनेको छ । युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।


प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ७ : ०७ बजे